अर्घाखाँची- मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले पालिका भित्रका दीर्घरोगीको पहिचान गरेर नि:शुल्क औषधि उपचारको व्यवस्था गरिदिने बताए ।
पालिका भित्र कति संख्यामा दीर्घरोगी छन् उनीहरुको तथ्यांक संकलन गरेर औषधि उपचारमा सहयोग गर्ने उनले बताए । सबै स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध छ । आर्थिक वर्षबाट यो कार्यक्रम लागु हुने उनले बताए ।
आर्थिक अभावमा उपचारबाट वञ्चित दीर्घरोगीका विरामीहरु पालिकाको यो कार्यक्रमबाट राहत मिल्ने भन्दै खुसी भएका छन् ।