अर्जुन खनाल
अर्घाखाँची– २०७४ को चुनावमा चेतनारायण आचार्य अर्घाखाँची प्रदेशसभा (क) बाट निर्वाचित भएर लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री भए । एमालेका केन्द्रीय सदस्य आचार्य मंसिर ४ गतेको चुनावमा सोही क्षेत्रबाट उम्मेदवार छन् ।
५ वर्षको अवधिमा आचार्यले आफ्नो क्षेत्र सहित जिल्लामा विकास निर्माण थुप्रै योजनामा बजेट पारे । यस क्षेत्रमा टोलैपिच्छे सडक सञ्जाल छ । विद्युत, सञ्चार सेवा प्रायः को पहुँचमा छ । सिचाइ कुलो, खानेपानी, मोटरबाटा स्तरोन्नती र कालेपत्रे, सामुदायिक स्कुलका भवन कोही निर्माण भए कोही बन्दैछन् ।
५ वर्षमा भैरहेका कामलाई निरन्तरता दिँदै नयाँ काम गर्दै समृद्धि प्रदेशसभा (क) बनाउन आफुलाई फेरी जिताउन मतदातालाई अपिल गरेका छन् । सन्धिखर्क–तम्घास सडक, सन्धिखर्क–डिभर्ना–खनदह सडक, सन्धिखर्क–धारापानी–प्युठान सडक व्यवस्थित बनाउँदै कालोपत्रे हुने काम धमाधम भैरहेको छ । यी सडकमा बजेट पारेर काम गरे । यस क्षेत्रमा पर्ने वडाको खानेपानी योजनामा बजेट पारेर खानेपानी ल्याएर स्थानीयलाई घण्टौ समय लगाएर कुवा र पधेराबाट गाग्रीमा पानी बोक्ने दुःख हटाईदिए र घरमै खानेपानीका धारा खसालिदिए ।
सबै स्वास्थ्य चौकीमा औषधि र सहज स्वास्थ्य सेवामा ध्यान दिए । स्कुलमा पढाई राम्रो बनाउन पहल गरे । क्षेत्रभित्रका सडकलाई व्यवस्थित गर्दै पिच गर्ने बजेट पारे । जुन काम भैरहेका छन् । तीनलाई ५ वर्ष धेरै सडक कालोपत्रे गर्ने आचार्यको योजना छ । पर्यटन क्षेत्रका पूर्वाधार निर्मँण र युवालाई कृषि उद्यममा जोडेर कृषि, पशुपालनबाटै स्वरोजगार बनाउन विभिन्न कार्यक्रम र योजनामा बजेट पारेर कृषकलाई उत्साहित बनाए । रोजगारीका अवसर सृजना गर्ने काम भए ।
आगामी ५ वर्षभित्र आफुले सञ्चालन गरेका योजनालाई पुरा गर्ने र नयाँ ढंगले विकास गरेर आफ्नो क्षेत्रलाई समृद्ध पार्ने आचार्यको चुनावी एजेण्डा रहेको छ ।