रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसिजको पदहस्तान्तरण तथा पदस्थापना कार्यक्रम सम्पन भएको छ ।
भलवारी जेसिजको २१ औं अधिवेशनबाट चन्द्रप्रसाद भट्टराई (जीवन) को नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ कार्यसमिति चयन भएको थियो । समितिको कार्यकारिणी उपाध्यक्षमा अरूण पन्थी र प्रेमनारायण पंगेनी, उपाध्यक्षमा राजन सुवेदी, भुवन अधिकारी, लक्ष्मण ढुंगाना र शंकर आचार्य निर्वाचित भएका थिए ।
त्यस्तै समितिको सह–सचिवमा सागर भुसाल र सह–कोषाध्यक्षमा नितिश पाण्डे निर्वाचित भएका थिए । साथै महासचिवमा मिन तिवारी, कानुनी सल्लाहाकारमा प्रताब भण्डारी , कोषाध्यक्षमा रुपेश पाण्डे, अध्यक्ष सल्लाहाकारमा यम कुमारी पैाडेल, भुवन नेपाल र विभिन्न विभागमा मिडिया संयोजक सुबास लामिछाने, तालिम संयोजक लक्ष्मण खनाल, कोष संकलन संयोजक किरण पाठक र सदस्यता वृद्धि संयोजक आकृती पाण्डे मनोनित भएका छन ।वर्ष २०२४ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी पदहस्तान्तरण तथा पदस्थापना गरिएको प्रमुख निर्वाचन आयुक्त किशोर पंगेनीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले युवाहरुको हक र हितमा अझ प्रभावकारी रुपमा क्रियाशिल हुन निर्वाचित समितिलाई आग्रह गरे। यस्तै तिलोत्तमा नगरपालिका ७ का वडा अध्यक्ष देबिलाल पङगेनी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सिद्धार्थनगर शाखा प्रमुख सत्यन्द्रराज सुवेदी , बुटवल जेसिज वर्ष २०२३ का अध्यक्ष हरिविक्रम कुवरले शुभकामना मन्तव्य दिएका थिए।