काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले प्रदेशसभा खारेजी आफ्नाे पार्टीकाे बटमलाइन नीति रहेकाे स्पष्ट पारेका छन्।
एक विशेष प्रसंगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेशसभा अनावश्यक र देशका लागि बोजिलो भएको बताउँदै संघ र स्थानीय सरकारलाई जोड्ने पुलको रूपमा प्रदेश संरचना आवश्यक भए पनि त्यसका लागि छुट्टै संसदको आवश्यकता नरहेको तर्क गरेका हुन् ।
सभापति भुसालले भने, “हामी प्रदेशसभा खारेजीकाे विषयमा पूर्ण रूपमा स्पष्ट छौँ, तर रास्वपाको नीति छैन भन्ने भ्रम छर्न खोजिएको छ।”
“तर तीन तहको शासन प्रणालीमा प्रदेशसभा सबैभन्दा बढी खर्चिलो र अल्पउपयोगी संरचना साबित भएको छ। जनताले प्रत्यक्ष अनुभूत गरिरहेको यथार्थ नै हो यो।” उनले भने
भुसालले प्रदेश सरकारअन्तर्गत पालिकाका प्रमुखहरू पदेन सदस्य रहने संरचनामा रास्वपाले समर्थन गर्ने स्पष्ट पारेका हुन् ।