काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनका क्रममा कुनै दल वा उम्मेदवारको पक्षमा मत आह्वान गर्ने वा एकपक्षीय प्रचार नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
प्रेस काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले विज्ञप्ति जारी गर्दै तथ्यहीन भ्रामक र उत्तेजक सामग्री प्रकाशन गैरकानुनी हुने चेतावनी दिएका छन्।
काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ उजुरी दर्ता भएका छन्। राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै माघ ४ गतेदेखि लागू आचारसंहिता पालनाबारे नियमित अनुगमन भइरहेको काउन्सिलले जनाएको छ।

