वावुराम रसाइली ,अर्घाखाँची ।
भुतपुर्व विद्यार्थी समाज मालारानी गाउँपालिका वडा नं. ५ बाँगीकाे आयाेजनामा शान्ति माध्यमिक विद्यालयमा एक भव्य समाराेहका विच विद्यालयकाे शिरविन्दुका लागि सराेकारवालाहरुकाे भूमिका विषयक अन्तक्रिर्या कार्यक्रम शान्ति मावि बाँगिमा सम्पन्न भएकाे छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्दबहादुर खड्का (उज्ववल) काे प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डे, ५ नं. वडा कावा अध्यक्ष हुम बहादुर महतकाे विशिष्ट आतिथ्यता, पुर्व वडा अध्यक्ष शाेभाखर भुसाल, विद्यालयका सहायक प्र.अ. माधव प्रसाद पन्थी, भपु विद्यार्थी समाजका अध्यक्ष गणेश खनाल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष तथा पुर्व विद्यार्थी विष्णु क्षेत्री, वडा सदस्य ऋषि पन्थी, मधु खनाल, पुर्व वडा सदस्य डाल बहादुर चाैहान, वि.व्य.स. सदस्य तुल्सा कुवँर, भुपु विद्यार्थी समाज पुर्व सल्लाहकार सदस्य अरुण खनाल, बाबुराम खनाल, समाजसेवी व्यक्ति जिन्दक खड्का, शिक्षक श्रवण कुमार राउत, बलराम भुसाल लगायतकाे विशेष उपस्थितिमा सम्पन्न भएकाे हाे ।
अन्तक्रिर्या कार्यक्रममा बाेल्दै प्रमुख अतिथि खड्काले कार्यक्रम अन्यन्तै प्रभावकारी भएकाे र विद्यालयजस्ताे सामाजिक तथा बहुआयामिक संस्था मध्ये शान्ति मावि धेरै चुनाैतिका साथ अगाडि बढेकाेमा गर्व गरेका छन् ।
भुतपुर्व विद्यार्थी समाज गठन हुनु भनेकाे विद्यालयकाे अभिभावकत्व र विद्यालयकाे निरन्तर विकास तथा राष्ट्रिय अन्तरास्ट्रिय पहुचमा समेत पुर्याउने संस्था गठन हुनु हाे । आगामी दिनहरुमा पनि समाजले विद्यालयप्रति सकरात्मक साेचका अगाडि बढ्न आग्रह समेत गरेका हुन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले विद्यालयकाे समसामयिक तथा वर्तमान अवस्था विद्यालय संचालनमा आएका सबैखाले चुनाैतिका बारेमा रिपोर्ट प्रस्तुत र कार्यक्रममा उठेका विषयवस्तुमाथि समेत प्रकाश पारेका छन् ।
कार्यक्रमका अतिथि तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्री, मालारानी ५ का कावा वडा अध्यक्ष हुम बहादुर महत, भुतपुर्व विद्यार्थी समाज पुर्व अध्यक्ष गणेश खनाल लगायतले मन्तव्य राखेका हुन् ।
त्यस्तै कार्यक्रमका विचमा शान्ति माविबाट २०८० सालकाे SEE, BLE तथा पालिका परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएकाे छ । जसअनुसार २०८० सालकाे SEE परीक्षामा ३.७२ जिपिए प्राप्त गरि विद्यालय प्रथम हुन सफल समीर के.सी, दलित तर्फ ३.१८ जिपिए प्राप्त गरि विद्यालय प्रथम हुन सफल छात्रा अस्मिता सुनार, ५ नं. वडाबाट वार्षिक परीक्षामा सम्मिलित भई ४.०० जिपिए प्राप्त गरि पालिका प्रथम हुन सफल क्रिस भुसाल र BLE तर्फ ३.८४ जिपिए प्राप्त गरि विद्यालय प्रथम हुन सफल क्रिष्टिना भुसाल पुरस्कृत भएका छन् । कार्यक्रम भुपु विद्यार्थी समाजका अध्यक्ष नारायण प्रसाद भुसालकाे अध्यक्षता, सचिव नविन केसीकाे संचालन र उपाध्यक्ष नारायण भुसालकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे हाे ।