जाजरकोट ।
जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा भिरबाट खसेको ढुंगाले लाग्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।
नरबहादुर बुढाका १८ वर्षीया छोरी शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
गएराति साढे ९ बजे तिर बाख्रा हेरचाहका लागि बनाइएको अस्थायी टहरामा सुतिरहेका बेला भिरमाथिबाट पहिरोसँगै ठूलो ढुंगा खसेर टहरामा बजारिएको थियो।
ढुंगाले लागेर चमेलीको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते भएकी शर्मिलाको उपचारका लागि अर्छानि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

