अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ ओडारामा घरको प्लास्टर गर्ने क्रममा खसेर गम्भीर घाइते भएका एक जनाको निधन भएको छ ।
स्थानीय ४२ वर्षीय बाबुराम बिकको उपचारका क्रममा ज्यान गएको हो । उनी स्थानीय राम बहादुर नेपालीको घरमा प्लास्टर गर्ने क्रममा धुरीबाट खसेर गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई तत्कालै अर्घाखाँची अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर मल्लले जानकारी दिएका छन् ।