काठमाडौं ।
नेपाल तरुण दलले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा दीप प्रज्जवलन तथा सन्ध्या आरती गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिले कोइरालाको सम्झनामा दीप प्रज्वलन एवं सन्ध्या आरती गरेको हो ।
काठमाडौं महानगर –९ सिनामंगल स्थित लक्ष्मी नारायण मन्दिरमा दीप प्रज्जवलन तथा सन्ध्या आरति कार्यक्रम तरुण दलले आयोजना गरेको थियो ।
कार्यक्रममा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सुशील कोइरालाको तस्विरमा माल्यार्पण गरि दियो र आरतीको बत्ति बालेर कोइरालाप्रति श्रद्धासुमन प्रकट गरेका थिए ।
कार्यक्रममा ३ जना गुरुले सन्ध्या आरति गरेका थिए । ३ जना बाध्य बाधकमा थिए ।
कार्यक्रममा करिव १५० जना तरुणहरुको उपस्थिति थियाे । कार्यक्रममा सम्पूर्ण तरुण हरुले दीप प्रज्वलन गरि स्वर्गीय सुशील कोइरालाप्रति श्रद्धा प्रकट गरे ।