अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ बाँगीमा तीनदिने व्यवसायिक अचार बनाउने तालिम सम्पन्न भएको छ। श्री शान्ति बाटिका सामुदायिक सिकाइ केन्द्रको आयोजनामा र मालारानी गाउँपालिका वडा नं. ५ को समन्वयमा असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको तालिम बिहीबार एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो।
कार्यक्रममा बाँगीका वडा अध्यक्ष तुलसीराम मिश्र (तिलक) ले अचार उत्पादन क्षेत्रको अपार सम्भावनालाई औंल्याउँदै तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी व्यवसायिक रुपमा अघि बढेमा आत्मनिर्भर बन्न सकिने धारणा राखे । यस्ता तालिमले ग्रामीण जनतालाई स्वरोजगार बन्न प्रेरणा दिने विश्वास समेत व्यक्त गरे ।
श्री शान्ति उच्च माध्यमिक विद्यालयका प्राचार्य मानबहादुर पाण्डे, सहायक प्राचार्य माधवप्रसाद पन्थी, शिक्षक झविन्द्र खड्का, तालिम प्रशिक्षक रुक्मणि पराजुली, समाजसेवी तोरण थापा, डालबहादुर चौहान, तुलसा कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बाँगीका २५ जना कृषक महिलाहरूको उत्साह सहित सक्रिय सहभागिता रहेकोको थियो ।
कार्यक्रम श्री शान्ति बाटिका सामुदायिक सिकाई केन्द्रका रेमबहादुर खड्काको अध्यक्षता तथा सामाजिक परिचालिका सीता जिसी पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

