अनिल नेपाली, अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शितगंगा नगरपालिकाकाे बैठक सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार बिक “किशोर”ले मन्तब्य राख्दै विकले देशमा परिवर्तनको नेतृत्व गरेर देशमा सघिय लाेकतान्त्रिक गणतन्त्र सहितको सविधान जारी भएको अबस्थामा देशमा देशी विदेशी शाक्तीले चलखेल गरेर माओवादी लाई अपराधीकाे बिल्ला भिराएर माओवादी लाई कमजोर पार्ने परिवर्तन विराेधी शक्ति लागेको बताउदै माओवादीले सहिद परिवार घाइते परिवार अपाङ्ग परिवार जहिले पनि साथमा लिएर जानुपर्ने बताउदै माओवादी प्रति जनताको आशा अपेक्षा बढि रहेकोले माओवादी निरन्तर रूपमा जनतासँग जाेडिएर विकास र समृद्धिकाे यात्रा सगै गनुपर्ने बताए।
एक फरक प्रसगमा नेता विकले बर्तमान सरकारले जनतासँग प्रत्यक्ष सराेकार राख्ने विकासका काम थालनी गरेको यसलाई मुत रूप दिन सरकार प्रधानमन्त्री लागेको बताए।
कार्यक्रममा नेकपा माओवादी बैकल्पिक केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी , जिल्ला सयाेजक राजेन्द्रप्रसाद भुसाल , सितगगा नगरपालिका ईन्चार्ज टिका रेस्मी प्रदेश सदस्य कृष्ण सारू लगायतका नेताहरूले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए ।
बैठक नगर अध्यक्ष मणि अधिकारीकाे अध्यक्षता सचिव बिष्णु परियार गाेकुलकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रूकेश आले लगायतका नेताकार्यकर्ताले बैठकमा मन्तब्य राख्दै सगठनलाई सुढुणीकरण र विस्तार अभियानलाई तिबताका लैजान सुझाव दिएका थिए । पछिल्लो समय जिल्लामा माओवादीले सगठन सुढुणिुकरण तथा बिस्तार अभियान लाई तिब्रताका साथ अगाडि बढाएकाे बताएका हुन ।