नेपाल राज्य संवाददाता
अर्घाखाँची– ५ दलीय गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक एवं कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) ले अर्घाखाँचीलाई विकास र समृद्धिमा नमूना बनाउने मिसन रहेको बताए । त्यसको लागि गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार पुष्पा भुसाल, प्रदेशसभा १ (१) का उम्मेदवार सागर केसी र प्रदेशसभा २ (२) का उम्मेदवार कमल भुसालले जित्नुपर्ने दावी गरे ।
‘भ्रष्टचार मुक्त अर्घाखाँची सहित पूर्वाधार विकास, जनताको आवश्यक्ता अनुसारको विकास र भैरहेका ठूला तथा साना योजनालाई सम्पन्न गरी नमूना अर्घाखाँची बनाउने गठबन्धनको उद्देश्य रहेको हो,’ सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा खनालले भने, ‘नमूना जिल्ला हामी नै बनाउछौं । आवश्यक्ताको आधारमा हरेक ठाउँ विकासका काम हामीले गर्छौं ।’