काठमाडौं ।
रास्वपाका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखन प्रकरणमा उच्चस्तरीय छानबिनको मागबाट आफूहरू पछि नहट्ने बताएका छन्।
उनले सरकारका विधेयकमा समर्थन गर्न तयार भए पनि छानबिन मागमा कडाइका साथ अडिने जनाए। गृहमन्त्री रमेश लेखकको संलग्नता उठेपछि रास्वपाले राजीनामा र छानबिन समिति माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।
मंगलबार संघीय सदनमा निलो रिबन लगाएर रास्वपा सांसदले विरोध जनाएका थिए ।

