अर्घाखाँची,असार १४ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा अर्घाखाँची जिल्ला देखि दुई विद्यालयले प्रशंसनीय सफलता हात पारेको छ।
सन्धिखर्क–२ स्थित श्री सन्धिखर्क ग्रीन इङ्ग्लिश बोर्डिङ स्कुल र
सन्धिखर्क–१ स्थित श्री युवावर्ष जनता रविचित्र माध्यमिक विद्यालयले पूर्ण ग्रेड प्राप्त गर्दै जिल्लामा सर्वोत्कृष्ट नतिजा ल्याएका छन्।
सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ स्कुलले जिल्लामै निजी विद्यालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याएको छ । ४२ जना विद्यार्थी सहभागी भएकोमा सबैजना उत्तीर्ण भएका छन भने बिक्रम सारु मगरले ४ जिपिए प्राप्त गर्दै जिल्ला र विद्यालयको गौरव बढाएको विद्यालयका सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिए ।
यसैगरी सामुदायिक विद्यालयतर्फ युवावर्ष जनता रविचित्र विद्यालयबाट ८० जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ७९ जना उत्तीर्ण भएका छन् । सन्धिखर्क–५ का प्रोफिट अधिकारीले ४ जिपिए प्राप्त गरेका हुन् ।
जिल्लाबाट कुल २ हजार ६ सय ४ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये १ हजार ६ सय १९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
सार्वजनिक नतिजा :




