नेपालराज्य संवाददाता
अर्घाखाँची– २५ वर्षको उमेरमा २०५४ सालकाे चुनाव तत्कालिन बाँगी गाविस अध्यक्षमा निर्वाचत पिताम्बर भुसाल अहिले एमाले अर्घाखाँचीको अध्यक्ष छन् । गाविस अध्यक्ष हुँदा राम्रो काम गरेका भुसालको एमाले पाटीमा इमान्दार नेताको छवि छ ।
पाटीको विभिन्न जिम्मेवारी समाल्दै जिल्ला अध्यक्षमा सर्वसम्बत भएका भुसाललाई सामु चुनौती थिए । एमाले र माओवादी पाटी एकतापछि गठन भएको नेकपा हुँदा र पाटी विभाजन भएपछिको जाम भएको अवस्था थियो । सिंगो जिल्लाको एमाले पाटी चलायमान बनाउने र चुनावमा गठबन्धनसँग चुनावी परिणाम देखाउनु चुनौती थियो । स्थानीय तहको चुनावमा ५ दलीय गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार विजयी भए ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले मालारानी गाउँपालिका अध्यक्षमा बालकृष्ण आचार्य, उपाध्यक्षमा प्रमिला क्षेत्री र पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले मात्रै चुनाव जितेका थिए । ६ स्थानीय तहको १२ पदमध्ये ३ पदमा मात्रै सीमित थियो । गौतम कांग्रेसमा प्रवेश गरेपछि मालारानीमै सीमित भयो । २०७९ को स्थानीय तह चुनावमा एमालेले १२ पदमध्ये ८ वटा पदमा जित हासिल गर्न सफल भयो । जिसस एमालेको बन्यो । स्थानीय तहको परिणामबाट उत्साहित एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा पनि जित्यो ।
स्थानीय तहको मतपरिणाम अनुसार ५ हजार मत भन्दा बढीले गठबन्धन अगाडी थियो । गठबन्धनका उम्मेदवार जितमा ढुक्क थिए । तर, परिणाममा एमाले उम्मेदवार टोपबहादुर रायमाझी, चेतनारायण आचार्य र राजमीप्रसाद घिमिरेले गठबन्धनलाई पराजित गरी जित्न सफल भए । एमाले जिल्लाको कमाण्ड समाल्हेका भुसाल कुशल संगठक भएको नतिजाले प्रमाणित गरेको छ । मंगलवार काठमाडौंमा पाटी अध्यक्ष केपी ओलीबाट सम्मानित हुँदा आफुलाई गौरव लागेको बताए ।