काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले पार्टी सभापति रवि लामिछानेमाथि लागेको मुद्दा कानूनी भन्दा बढी राजनीतिक भएको दाबी गरेका छन्।
भुसालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा उनले भनेका छन्, “रविको मुद्दा अदालती भन्दा राजनीतिक बढी हो, कानूनी भन्दा प्रतिशोधी बढी हो।” उनले थपे “रवीलाई जति दुःख दिन्छस्, जनता त्यति नै जाग्नेछन्।”
उनका अनुसार यो प्रकरण न्यायालयको सामान्य कानूनी प्रक्रियाभन्दा सत्ता र शक्तिसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
उनले लामिछानेलाई बोल्न नदिने प्रयास भइरहेको आरोप लगाउँदै भने, “रवीलाई बोल्न दिए हाम्रो जग चकनाचुर हुन्छ भन्ने बुझेकाहरुले भित्रै गलाउन अनेक प्रयास गरेका छन्।”
राजनीतिक समीकरण परिवर्तन गर्ने वा २०८४ सालको निर्वाचनमा बहुमत प्राप्त गर्ने। “राज्यले बुझोस्, रवी यस्तो जीव हो, जुन भित्र बसोस या बाहिर, तिमीहरुको ढ्यांग्रो ठोकेरै छोड्छ,” भुसालले कडा रूपमा चेतावनी दिएका छन्।