अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क र यसका सहायक संगठन वाइसिएल नेपाल अर्घाखाँचीको संयुक्त आयोजनामा ‘किसानसँग माओवादी’ भन्ने नाराका साथ रूब्दिफाँटमा विशेष धान रोपाइँ कार्यक्रम हुने भएको छ।
२२ औं राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर यही असार १५ गते रूब्दिफाँटमा हुने उक्त कार्यक्रममा वाइसिएल नेपाल अर्घाखाँचीले सबै नेता, कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरूलाई उपस्थित भइ कार्यक्रम सफल पार्न आह्वान गरेको छ।
वाइसिएल नेपाल अर्घाखाँचीका अनुसार पार्टी, संगठन, किसान र उत्पादनसँग जोडिने अभियानअन्तर्गत उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको हो। “अबको मूल एजेन्डा उत्पादनमै केन्द्रित हुनेछ, आत्मनिर्भर अर्थतन्त्र निर्माण हाम्रो लक्ष्य हो,” वाइसिएलले जनाएको छ।
उक्त कार्यक्रममार्फत माओवादी आन्दोलन किसानसँग अझ नजिक जाने र स्थानीय उत्पादन प्रवर्द्धनमा सघाउने उद्देश्य रहेको आयोजकको भनाइ छ।