नेपाल राज्य संवाददाता
अर्घाखाँची– फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पाटीको तर्फबाट अर्घाखाँचीमा उम्मेदवार बनेका रामबहादुर चौहानले प्रतिष्प्रर्धी भनिएका कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) र एमाले उम्मेदवार पिताम्बर भुसालाई भारी मतान्तरले जित्ने दावी गरेका छन् ।
मत माग्न गाउँ हिँडेका चौहाले यसअघि भुसाललाई एमाले सचिवमा पराजित गरेको र पाणिनि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा मुस्कानको टीमलाई पराजित गर्दै सभापतिमा आफुले जितेको विगत सम्झे ।
लामो समय जिल्लामा बसेर राजनीतिसँगै समाजिक काम, सर्वसाधारणको अड्डा, प्रशासन देखि विकास निर्मँणका योजनाको काममा वर्षौदेखि निरन्तर खटेर काम गरेकाले आफुले निर्वाचन सहजै जित्ने चौहानको दावी छ । चुनाव जितेपछि अर्घाखाँचीको विकासको बारेमा आफुसँग रोडम्याप भएको चौहानले बताए ।

