काठमाडौं । अर्घाखाँचीका रायमाझी परिवारले तीज कोसेली “नक्कले भिनाजु ८ – है माया” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
आइतबार सार्वजनिक सर्जक, गायक तथा निर्देशक विशाल रायमाझीको निर्देशनमा तयार भएको यस गीतले तीजको रौनक थप उचाइमा पुर्याउने उनका शुभचिन्तकले बताएका छन् । बिगत सात संस्करणमा दर्शक–श्रोताबाट उल्लेखनीय सफलता हासिल गरिसकेको नक्कले भिनाजु म्युजिक भिडियो शृङ्खला, यसपटक पनि ठूलो अपेक्षा र तयारीसाथ प्रस्तुत गरिएको हो।
सार्वजनिक गरिएको तीज कोसेलीमा विशाल रायमाझीसँगै हरिमाया रायमाझी र सर्मिला रायमाझीको स्वर रहेको छ। गीतका शब्द, संगीत र निर्देशन स्वयं बिशाल रायमाझीकै हुन्। संगीत संयोजन सुनिल परियार, रेकर्डिङ सुमन राना र खुमानसिंह राना, मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्।
भिडियो निर्देशन तथा कथा निर्माण स्वयं विशाल रायमाझीले गरेका हुन्। अलिना रायमाझी, सन्चिता बोलखे, अभिषेक खड्का, शिबु पाण्डे, माया रायमाझी लगायतको दमदार अभिनयले भिडियोलाई थप आकर्षक बनाएको छ।
कोरियोग्राफी मुकेश नेपाली, सम्पादन तथा कलर राजकुमार मगर र पोस्ट प्रोडक्सनको जिम्मा राजकुमार फिल्म्सले सम्हालेका छन्।
पोस्टर डिजाइन लक्ष्मण चौहान र मेकअप सरोज बुढाथोकीको रहेको छ। उक्त गीत ‘बिशाल रायमाझी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले छोटो समयमा नै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने आशा गरिएको छ ।
गायक रायमाझी परिवारले श्रोता–दर्शकलाई आग्रह गर्दै अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि श्रोता तथा दर्शकबाट माया, सुझाव र समर्थनको अपेक्षा व्यक्त गरेका छन्। उनले गीत हेर्न, मन परेमा लाइक, कमेन्ट र सेयर गरेर साथ दिन सबैमा अनुरोध गरेका हुन् ।
हाल तीज गीतका शृङ्खलामार्फत ‘नक्कले भिनाजु’को उपनामले चर्चामा रहेका विशाल रायमाझी लगाएत रायमाझी परिवारले थुप्रै गित सार्वजनिक गरेका छन् । पन्जे बाजा “लाहुरे टाँसेको” ,साइनो हरायो , गाउँका लाउरे, पुर्वे धरान,संगिनी, नक्क्ले भिनाजु एक दुई तीन क्रमश आठले पनि दर्शकहरु को मन जित्ने विस्वास गरिएको छ । रायमाझी परिवार नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहेका छन्।
भिडियो :

