हरि कुँवर, अर्घाखाँची ।
बाँगीमा आर्थिक सहयोग संकलन गरी शिवालय मन्दिर र्निर्माण सुरु गरेका छन्।
मालारानी गाउँपालिका वडा नं-५ गुराँसेमा र्निर्माण हुनलागेको शिवालय मन्दिरका लागि स्थानीयहरुले योजनाका साथ काम गर्न थालेका हुन्।
मन्दिर समितिका अध्यक्ष विष्णु माया पन्थी भट्टराईका अनुसार मन्दिर र्निर्माणका लागी करिब ३ लाख लाग्ने बताइन् । शिवरात्रीको दिन उद्घाटन हुने गरि काम गरिएको बताइन् ।
मन्दिन निर्माणले गुराँसेको सौन्दर्य पुजापाठ हाम्रो जीवनस्तर विकासमा ठूलो सहयोग पुग्ने सचीव कृष्ण भुसालले बताए ।
पवित्र थलोमा मन्दिर हुँदा खुसी लागेको छ । युवा पुस्ताले देवि देवता प्रति आस्था राखेर आउने सबैलाई स्वागत गर्नुपर्छ। हामी सबैको धर्म भएकोले आर्थिक सहयोग गर्न अभियानता राजेन्द्र पन्थीले अनुरोध गरे ।