हरि कुँवर, अर्घाखाँची ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सैनामैनाको उपाध्यक्ष पदमा मालारानी खनका बाबुराम ज्ञवालीले उम्मेदवारी दिएका छन् ।
फागुन ७ गते हुने चौथो अधिवेशनमा खानेपानी ट्याङ्की चिन्हमा आफ्नो अमूल्य मत दिई प्रगतिशिल उपभोक्ता समूहलाई अत्यधिक मतले विजयी गराउन ज्ञवालीले अनुरोध गरेका हुन ।
“स्वच्छ वातावरण र सफा गाउँशहर शुद्ध पानी पिउने हाम्रो ठहर” भन्ने मुल नाराका साथ अधिवेशन रूपन्देहीको सैनामैना हुने भएको हो ।
सयोग,सहल्लाह सुझाव को अपेक्षा सहित सम्पूर्ण उपभोक्ता लाई थप सुलभ सौलिएत र स्थरिय खानेपानी वितरण तथा संस्था लाई थप उचाईमा पुराउने ज्ञवालीले बताएका हुन ।
यसैगरी मालारानी-८ का तम बहादुर बि.क. ले साेही समुहबाट लेखा संयाेजकमा उम्मेदवारी दिएर आफ्ना प्रतिवद्वता सहित प्रचारप्रसारमा लागेका छन् ।