नेपाल राज्य संवाददाता
अर्घाखाँची– निवर्तमान उपसभामुख एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले आफु पराजित भएपनि जिल्लाको विकासका लागि जनताको घरदैलोमा पुगेर सक्रिय हुने बताइन । उनले आफुलाई मत दिने मतदातालाई धन्यावाद दिएका छिन् ।
भुसालले मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक, मतदाता सहित अर्घाखाँचीवासीलाई विशेष धन्यावाद दिएकी छिन् । उनले जिल्लामा भैरहेका विकासका कामलाई निरन्तरता आफु अझ सक्रिय भएर लाग्ने बताइन ।