सन्धिखर्क नगरपालिका–२ को सूचना
वडा भित्रको बजारलाई सफा राखौं
नाली ढलमा फोहोर मैलो जम्मा हुन नदिऔं
वातावरणलाई दुषित पार्ने बस्तु जथाभावी नफालौं
प्लाष्टिक जन्य वस्तु नजलाऔं
आफ्नो ठाउँ र बस्तीको विकासमा हामी सबैले हातेमालो गरौं
घर, आगन, बस्ती र वरपर सरसफाई गरौं
वडा भित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण गरौं
जन्म, मृत्यु बसाइसराई जस्ता व्यक्तिगत घटना ३५ दिनभित्रै वडा कार्यालयमा आई दर्ता गरौं
सम्बन्धित जोखिमबाट समुदाय सुरक्षित रहौं
विद्यालय जाने उमेर भएका बालवालिकालाई विद्यालय पठाऔं
राजश्व समयमै तिरौं
आफ्नो पायक पर्ने स्थानको सडकको छेउछाउँमा घाँस तथा अन्य विरुवा रोपी हरियाली बनाऔं
खानेपानीका मुहान सफा राखौं साथै सबैले पानी शुद्धिकरण गरेर मात्रै पिउने बानीको विकास गरौं
बालविवाह सामाजिक अपराध भएकाले विवाह गर्ने उमेरका सबैलाई २० वर्षपछि मात्र गरौं र गराऔं
सन्धिखर्क नगरपालिका वडा नम्बर २ को विकासमा सबै एकजुट भएर लागौं
अनुरोधक
मोतीजंग रायमाझी विष्णुप्रसाद आचार्य
वडा अध्यक्ष वडा सचिव
सन्धिखर्क नगरपालिका वडा नम्बर २ को कार्यालय, अर्घाखाँची
