लक्ष्मी खनाल , अर्घाखाँची ।
भूमिकास्थान नगरपालिका–९ डेभामा रहेको भगवती माध्यमिक विद्यालयमा सरस्वती माताको मन्दिर उद्घाटन, देवीको प्राण–प्रतिष्ठा तथा अभिभावक दिवस कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद बेल्वासेले विद्यालयले पाठ्यक्रम र किताबमा सीमित नभई व्यवहारिक शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले शिक्षक र विद्यार्थीहरूले अध्ययन–अध्यापनमा असर नपर्ने गरी देउसी–भैलो खेलेर सरस्वती मन्दिर निर्माणमा सहयोग गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। विद्यालयका क्रियाकलापहरू अनुकरणीय रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा सरस्वती माताको प्राण–प्रतिष्ठा, विधिपूर्वक रुद्री पूजा, मन्दिर उद्घाटन, अक्षयकोष तथा चन्दादातालाई सम्मान, विद्यार्थी पुरस्कार वितरण, शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका थिए।
कार्यक्रममा विद्यालय सेवा क्षेत्रका अभिभावक, चन्दादाता, छिमेकी विद्यालयका प्रधानाध्यापक, सुरक्षाकर्मी, बुद्धिजीवीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता विष्णु प्रसाद मरासिनीले गर्नुभएको थियो। भूमिकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम आचार्य विशिष्ट अतिथि तथा वडा अध्यक्ष खेमराज चुदाली विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक पुनाराम भट्टराईले राख्नुभएको थियो भने सञ्चालन दीपक भट्टराईले गर्नुभएको थियो।
तस्बिर :



