काठमाडौं ।
आज देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो र राति दुवै समय देशभर आकाश बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। भारी वर्षा हुने सम्भावित क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ।