काठमाडौं । नेपाली कांग्रेस नेतृ तथा पूर्व लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्री पार्टीको तर्फबाट सम्मानित भएकी छन्। बीपी स्मृति दिवसको अवसरमा सोमबार काठमाडौंको सानेपास्थित बी.पी. स्मृति भवनमा आयोजित एक विशेष समारोहमा उनलाई नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका हुन्।
पार्टीको पुस्तकालय तथा अध्ययन स्रोत केन्द्र विभागद्वारा स्थापना गरिएको आधुनिक पुस्तकालयलाई पुस्तक सहयोग गरेको योगदानको कदरस्वरूप क्षेत्रीलाई सम्मान गरिएको हो।
नेतृ क्षेत्रीले सामाजिक सञ्जालमार्फत सम्मानप्रति प्रतिक्रिया दिँदै लेखेकी छन्, “यो सम्मानलाई मैले सेवा, समर्पण र संगठनप्रतिको निरन्तर योगदानको प्रमाणका रूपमा लिएको छु। यसले आगामी दिनमा अझ उत्साहका साथ पार्टी, समाज र पुस्ताबीच ज्ञान र चेतनाको सेतु बाँध्ने प्रेरणा दिएको छ।”
उनले पार्टी अध्यक्ष देउवाका साथै विभाग संयोजक तथा केन्द्रीय सदस्य अजय सिवाकोटी लगायत सम्पूर्णको आभार व्यक्त गरेकी छन्।