काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् ।
चिकित्सकको सल्लाहमा उनी घरमै औषधि सेवन गरेर आराम गरिरहेका छन् ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो । बिहीबारबाट ज्वरो आएको आचार्यले बताए ।
१ सय २ ज्वरो आएपछि घरमै बोलाएर स्वास्थ्य जाँच गरिएको थियो ।
‘डाक्टरले औषधि खानु, केही दिन घरमै आराम गर्नु भन्ने सुझाव दिनुभएको छ’, आचार्यले भने । अस्वस्थ भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको उनले बताए । यता गणतन्त्र दिवस २०८३ मूलसमारोहमा सहभागी रास्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरू।
यसपटक गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडिएको छ भने प्रधानमन्त्रीको सट्टा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सम्बोधन गरेका छन्। समारोहमा पुर्व प्रधानमन्त्री देखिएनन् ।

