काठमाडौं ।
राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन जारी राखेका छन्। प्रदर्शनमा राप्रपा नेपाल लगायतका राजनीतिक दलहरू सक्रिय देखिन्छन् ।
गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरिएको उनीहरूले आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र नआएसम्म प्रदर्शन जारी रहने बताएका हुन ।