अर्घाखाँची। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि सम्पन्न प्रतिनिधि निर्वाचनमा पराजित भएका श्रीकृष्ण भुसालले पार्टी सदस्यहरूले देखाएको विश्वास, सदभाव, समर्थन र सुझावले आफूलाई आगामी राजनीतिक यात्रामा थप प्रेरणा प्रदान गरेको बताएका छन्।
मदन भण्डारी फाउन्डेसन अर्घाखाँचीका अध्यक्षसमेत रहेका भुसालले १ हजार ८८ मतसहित उप-विजेता बनेका थिए। निर्वाचनपछि सार्वजनिक धारणा व्यक्त गर्दै उनले आफूलाई सहयोग, समर्थन र विश्वास प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।
अध्यक्ष भुसालले भने “महाधिवेशन प्रतिनिधि निर्वाचनमा अमूल्य सहयोग पुर्याउनु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। मत परिमाणमा उप-विजेता भए पनि हजुरहरूले दिएको सदभाव, सुझाव र आलोचनाले आगामी राजनीतिक बाटो तय गर्न ऊर्जा दिएको छ।”
उनले एघारौं राष्ट्रिय महाधिवेशनले जबजको मार्गदर्शनअनुसार सामूहिक नेतृत्व र जिम्मेवारीसहितको संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । साथै अर्घाखाँचीबाट निर्वाचित सबै महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिदै एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको भव्य सफलताको कामना गरेका छन्।

