अर्घाखाँची। समाजसेवी तथा एमाले निकट भोज ब. खड्काले कम्युनिस्ट आन्दोलन कमजोर पार्नका लागि व्यक्तिगत अहं र नेतृत्वको जुँगाको लडाइँ जिम्मेवार रहेको टिप्पणी गरेका छन्।
सामाजिक संजालमा पोस्ट गर्दै खड्काले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुबीचको प्रतिस्पर्धा र द्वन्द्वकै कारण कम्युनिस्ट पार्टी पटक–पटक विभाजनमा गइरहेको टिप्पणी गरेका हुन् ।
“नेताहरुका जुँगाको लडाइँले आन्दोलन र संगठनलाई नोक्सान गर्यो,” खड्काले भने, “अब पनि यदि वाम एकता गर्न विद्यादेवी भण्डारीको नेतृत्वले सफल भूमिका खेल्न सक्छ भने त्यो सम्पूर्ण वामपन्थीहरूले स्वीकार गर्नुपर्छ।” उनको भनाइ थियो ।
उनले पूर्वराष्ट्रपति भण्डारीसँग नेतृत्व क्षमता, अनुभव र राष्ट्रिय राजनीतिमा सशक्त उपस्थिति भएकाले वाम एकताका लागि उहाँको अग्रसरता प्रभावकारी हुनसक्ने विश्वास व्यक्त गरे।
भण्डारीले हालै सार्वजनिक रूपमा एमाले अध्यक्ष बन्ने चाहना व्यक्त गरेकी छिन्, जसले वाम राजनीतिमा नयाँ बहसको थालनी गरिरहेको छ। भोज ब. खड्काको भनाइ पनि सोही बहसको सन्दर्भमा आएको हो।