नेपाल राज्य संवाददाता
काठमाडौं– नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल उत्कृष्ट जिल्ला अध्यक्षको रुपमा सम्मानित भएका छन् । एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिदै एमाले अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट जिल्लाको रुपमा भुसाललाई सम्मान गरेका हुन ।
एमालेका तर्फबाट प्रतिनिधिसभामा टोपबहादुर रायमाझी, प्रदेशसभामा चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका थिए । ‘पाटी जीवनमा सधैं पूर्णकालिन भएर काम गरेको नजिता हात लाग्यो,’ भुसालले भने, ‘चुनावमा सबै क्षेत्र एमाले उम्मेदवारलाई जिताउन पाटी पक्ती, व्यवस्थापन र परिचालन गरेर सफल भयौं । यो सम्मान मेहनतको प्रतिफल हो ।’
जटिल र संक्रमणकालको अवस्थामा पाटी अध्यक्ष हुँदा आफु माथि पनि धेरै चुनौती रहेको उनले बताए । नेकपा गठन र विभाजनपछि व्यवस्थित नभएको संगठनलाई एकीकृत गर्ने र अर्काेतिर गठबन्धनको घेराबन्दी तोडेर चुनावमा सफलता हात पार्न चुनौती थियो । सबैको सहयोग र साथमा सफल भइएको उनले बताए ।