अर्घाखाँची ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व, नवीन विचारक तथा उन्नत राजनीतिक संस्कृतिका प्रवर्तक जननेता मदन कुमार भण्डारीको विचार र योगदानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसन अर्घाखाँचीको जिल्ला समिति गठन गरिएको छ।
सनिवार सम्पन्न भेलाले श्रीकृष्ण भुसालको संयोजकत्वमा नयाँ जिल्ला समिति चयन गरिएको हो। समितिको उद्देश्य मदन भण्डारीको कार्य, विचार र अनुभवलाई भावी पुस्तामा हस्तान्तरण गर्दै नेपाली समाजको आमूल परिवर्तनमा योगदान पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्नु रहेको छ।
नयाँ समितिको सदस्यहरू:सदस्यमा विष्णु प्रसाद मिश्र (मालारानी),
जानका खनाल (मालारानी), खिमानन्द खनाल (मालारानी),दुर्गा अधिकारी (पाणिनी),शोभाखर पाण्डे (छत्रदेव), रुपा प्रधान (छत्रदेव),राजेन्द्र जिसी (सन्धिखर्क), मोति भट्टराई (भूमिकास्थान),ऋषि घिमिरे (शितगंगा), कमल बेल्बासे (शितगंगा), मेनुका पौडेल (सन्धिखर्क), राधा पराजुली (सन्धिखर्क) ,बिमला पौडेल(भूमिकास्थान), हरिलाल खनाल (शितगंगा) र शंकर न्यौपाने(पाणिनी) चयन भएका हुन् ।
समिति गठन समारोहमा सहभागी सम्पूर्ण अतिथि एवं सहभागी महानुभावहरूले नव संयोजक श्रीकृष्ण भुसाल लाई हार्दिक आभार प्रकट गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।

