बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रवर्द्धनबाट प्रदेशको समृद्धि हुने दाबी गरेका छन् ।
बिहीबार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीको आयोजनामा बर्दियामा सम्पन्न उदयमान लुम्बिनी संस्कृति र प्रकृति बिषय नीति संवाद कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरेर प्रदेशको समृद्धि हुने दाबी गरे यस कार्यक्रमको
प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरेर कार्यान्वयनमा लगेको बताएका हुन् ।
प्रदेश सरकारले “घुम्न जाउँ बर्दिया” अभियान सञ्चालन गरेको आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको, पर्यटनमैत्री पूर्वाधार र सम्पदाहरुको संरक्षणमा सरकारले प्राथमिकता राखेर योजना अघि सारेको बताए । लुम्बिनी पर्यटन सर्किट मार्फत् १२ जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटन क्षेत्रलाई जोड्नेगरी सरकारले अभियान थालेको बताएका हुन् ।
पर्यटन प्रवर्द्धनबाट जनताका आधारभुत समस्या तथा प्रदेशको समृद्धिमा सहयोग हुने बताए ।