हरि कुँवर, अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका नेता तथा अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको सामाजिक संजालमा चौतर्फी चर्चा चलेको छ ।
अर्घाखाँचीमा विकासका योजनाहरुले बिटमारेको भन्दै सामाजिक संजालमा चौतर्फी चर्चा चलेको हो ।
सार्वजनिक कार्यक्रममै टोपबहादुर रायमाझी जेलमा हुँदा अर्घाखाँचीका विकासका काम ओझेलमा परेको एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले दाबी समेत गरे । अध्यक्ष भुसालले फोटोकै आधारमा पक्राउ गरिएको बताएका हुन। उक्त अभिव्यक्ति दिदा ताली बजाउनेको कमि भएन।
लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले टोप बहादुर रायमाझी थुनामा पर्दा अर्घाखाँचीको विकासमै असर परेको बताएका छन ।
रास्वपाका जिल्ला सभापति हरि प्रसाद भुसालले टोपबहादुरको जमेर प्रसंशा गरे । टोपबहादुर लाई जेल हाल्दा सिंगाे अर्घाखाँचीमाथी अन्याय भएकाे बताए । बिकास निर्माणमा समेत प्रत्यक्ष असर पुगेकाे उनको दाबी छ ।
भन्ने गरिन्छ साथ हुदाँ घात लामो त साथमा नहुदा याद लामो । अर्घाखाँचीका युवाहरू, सामाजिक अभियानता लगाएतहरुले टोपबहादुर रायमाझी को प्रसंशा गर्दै जिल्लाको विकासका ढोका बन्द भएको बताएका हुन् ।
रायमाझीले २०७९ सालको चुनावमा ४२ हजार ६ सय ७५ मत मत प्राप्त गरेका थिए।
रायमाझी लाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट २०८० साल वैशाख ३१ गते आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ पुर्जी भने वैशाख २० गते जारी भएको थियो।