काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ ।
आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले उक्त निर्णय गरेकाे हो ।
यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर, सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।