काठमाडौं । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चले हाफ म्याराथन कार्यक्रम आयोजना गर्ने भएको छ ।
मञ्चका सचिव गिरिश पन्थीका अनुसार हाफ म्याराथन कार्यक्रम भोलि शनिबार बिहान ६ः३० बजे त्रिपुरेश्वर रंगशाला परिसरबाट सुरु भई तिनकुनेसम्म पुग्नेछ । दौड कार्यक्रम करिब साढे ८ बजेभित्र सम्पन्न हुने जानकारी पन्थीले दिएका छन् ।
जननेता भण्डारीको योगदान र स्मृतिलाई जीवन्त राख्न यस प्रकारको शारीरिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिएको मञ्चले जनाएको छ । कार्यक्रममा सर्वसाधारण, खेलाडी, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थितिका लागि सम्पर्क मञ्चले आग्रह गरेको छ ।