अर्घाखाँची ।
अर्घाखाँची ढाकावाङका केही युवाले २०७३ सालको देउसीभैलोबाट संकलन गरेर राखेको रकम पीडित सन्तोष नेपालीको उपचारमा सहयोग गरेका छन् ।
पीडित सन्तोषको उपचारमा कठिनाइ आइपरेको खबर पाएपछि युनिक टिमका युवाहरूले भूमिकास्थान नगरपालिका वडा २, भलाटारीका युवा सन्तोषको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
‘युनिक टिम’ भैलोका युवाहरू सुरज खनाल, हिमाल खनाल, प्रकाश भट्टराई, लोकमणी भुसाल (लोकु), बाबुराम खनाल, बिक्रम भुसाल, विश्व खनाल, नेत्र भुसाल (गोबिन्द) र विष्णु पुजाली सहितका युवाहरूले देउसीभैलो खेल्दा उठेको रकमलाई फजुल खर्च नगरि रमाइलोका लागि संकलित पैसा वर्षौंसम्म सुरक्षित राखी, आज मानवताको सेवामा सहयोग गरेर उदाहरणीय कार्य गरेका छन् ।
“स्पाइनल इन्जुरीका कारण अशक्त भएका सन्तोषको पीडामा सानो तर सार्थक साथ पुग्न पाउँदा हामीहरु खुसी छौं , कुनै सहयोग सानो हुदैन। हिजोको रमाइलो आज कसैको जीवन बचाउन सहयोग गरेका हौं ” ‘युनिक टिम’का सदस्य लोकमणि भुसालले बताए ।
सहयोगका लागीः
नामः हिमाल खनाल
सम्पर्क नं.: 9867228917
भारतका लागीः
सन्तोष नेपाली (बिरामी) +91 7015836898,+91 8699292911

