अर्घाखाँची। सन्धिखर्क नगरपालिका–३ का समाजसेवी तथा रास्वपा सन्धिखर्क सभापति राजु खड्का,सुन्दर खड्का,सुदन खड्का लगायत खड्का परिवारले चिसो मौसमलाई ध्यानमा राख्दै कुमाल समुदायका परिवारलाई १० थान सिरक वितरण गरेका छन्। तीन भाइ खड्का परिवारको आर्थिक सहयोगमा सन्धिखर्क–१ झिल्केडाडाका १० विपन्न परिवारले न्यानो कपडा प्राप्त गरेका हुन्।
आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने उद्देश्यले गरिएको वितरण कार्यक्रममा सन्धिखर्क–१ का वडाध्यक्ष माधब श्रेष्ठ, वडासदस्य श्रीधर मुखिया, पत्रकार हृदय भुसाल र जितेन्द्र खत्री तथा स्थानीय रिखबहादुर मुखियाको उपस्थिति समेत रहेको थियो।
सिरक प्राप्त गर्नेमा तोमकला मुखिया, साबित्रा मुखिया, धनकुमारी मुखिया, शान्ता मुखिया, सेरबहादुर मुखिया, बिष्णु मुखिया, हिमकला मुखिया, राधिका मुखिया, पुतला मुखिया र श्यामबकस मिया रहेका छन्।
खड्का परिवारले समुदायका आर्थिक अवस्था कमजोर वर्गलाई सहयोग गर्दै जाडो मौसममा राहत मिलोस भन्ने उद्देश्यले सानो सामग्री उपलब्ध गराइएको बताएको छ।

