काठमाडौं ।
अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” को म्युजिक भिडियो सार्वजनिक भएको छ। भजनमा लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय बहुप्रतिभाशाली कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, संगीत र अभिनयमा तयार पारिएको हो ।
सुपादेउराली मन्दिर नेपालको एक प्रसिद्ध धार्मिक स्थल हो। देवीको रूपमा यहाँ सुपादेउराली भगवतीको पूजा गरिन्छ। यस मन्दिरलाई विशेष गरी “इच्छा पूरा हुने मन्दिर” को रूपमा विश्वास गरिन्छ। लाउरे टासेको आफ्नै छुट्टै कथा छ । श्रद्धालुहरू आफ्नो मनोकामना लिएर यहाँ आउँछन्, र इच्छाहरू पूरा भएपछि पुनः धन्यवाद दिन पनि फर्कन्छन् ।
पूजा गर्दा चाँडै फल प्राप्त हुने विश्वास गरिन्छ। जनविश्वास अनुसार यहाँ सच्चा श्रद्धा र भक्तिसाथ गरिएको पूजा-प्रार्थना प्रभावकारी हुन्छ।
मन्दिर सुन्दर पहाडी भू-भागमा अवस्थित छ, नजिकै नरपानी जहाँबाट आसपासका पहाड, जंगल र गाउँको दृश्यावलोकन गर्न सकिन्छ। सुपादेउराली मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण स्थल मानिन्छ ।
सुपादेउरालीको महिमा भक्तजनहरूको गहिरो श्रद्धा, अनुभव र विश्वासमा आधारित छ। यो मन्दिर न केवल धार्मिक ,आध्यात्मिक सांस्कृतिक र पर्यटनको दृष्टिले पनि अति महत्त्वपूर्ण छ ।
मन्दीर को प्रचारप्रसार गरेर संगीत, शब्द, अभिनय तथा निर्देशनको समन्वयमा तयार पारिएको यस भजनले धार्मिक आस्थासँगै पर्यटकीय प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ। भजनका शब्द मोतिराज खनाल र शेषनारायण पोखरेलको रहेको छ भने संगीत संयोजन खनाल स्वयं र धर्मेन्द्र अर्यालले गरेका छन्।
भजनमा मोतिराज खनालसँगै शेषनारायण पोखरेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल र मञ्जु गुरुङको स्वर सुन्न सकिन्छ। भिडियो निर्देशन सुरज खनालले गरेका छन् भने कोरियोग्राफी शिवजी क्षत्रीको रहेको छ।
भिडियोमा चर्चित कलाकार सुरबिर पण्डित (दारी बा), शर्मिला शर्मा, र सलिना खड्काको दमदार अभिनय प्रस्तुत गरिएको छ। साथमा छबिलाल सुवेदी, नारायण लेकाली, नन्दराज रेग्मी, लेखान्त भुषाल, सुमन खनाल, गान्दिभ सुवेदी, घनश्याम खनाल, चन्द्रकला खनाल, गिरी खनाल, चोपलाल खनाल लगायत दर्जनौँ कलाकारको सहभागिता रहेको छ।
भजनको छायांकन विशाल जिसीले, शृङ्गार जीवन पासाले, एरेन्ज विश्वास नेपालले, रेकर्डिङ सागर बाजुरालीले तथा मिक्सिङ खडक बाजुरालीले गरेका छन्। सम्पूर्ण निर्माण कार्य मालाश्री स्टुडियोमा सम्पन्न गरिएको हो।
सुपादेउराली मन्दिर हिन्दु धर्मालम्बीहरूका लागि अत्यन्तै पवित्र स्थल हो। यहाँ भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।
निर्माताहरूका अनुसार, भजनले धार्मिक चेतना फैलाउने मात्र नभई सांस्कृतिक जागरण र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ। गीतको लय, शब्द, स्वर र दृश्य संयोजनले दर्शक-श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
भिडियो :