नेपाल राज्य संवददाता
अर्घाखाँची– एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पिताम्बर भुसालले जिल्लाका विभिन्न ठाउँका टोलबस्तीमा पुगेर मत मागेका छन् । उनले चुनावी प्रचारप्रसार अभियानमा एमाले नेता तथा कार्यकर्ता सहित एमाले समर्थित स्थानीयलाई भेटघाट, छलफल, अन्तरक्रिया र विकासका बारेमा परामर्श गरेका छन् ।
एमाले पाटीभित्र स्वच्छ, निडर र सफल लिडरको रुपमा परिचय बनाएका भुसालसँग यसअघि २०५४ मा बाँगी गाविसको अध्यक्ष भएर काम गरेको अनुभव छ ।
सहर र गाउँमा बस्तीमा मतदातासँग लोकतान्त्रिक गणतन्त्र सहित विधिको शासन र व्यवस्था जोगाउन आफुलाई मत दिन अपिल गरेका छन् । भुसाल चुनावी अभियानमा गाउँमा पुग्दा पाटी कार्यकर्ताले गाउँको विकासका काम गरिदिन माग गरेका छन् ।
भुसालले लामो समयदेखि एमाले पाटीका नेता टोपबहादुर रायमाझी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वसांसद डा. डिल्लीराज खनाल, प्रदेश सांसद रामजीप्रसाद घिमिरे सहित स्थानीय तहका जनप्रतिनिधिले पनि विकासका काम गरेको र थप नयाँ ढंगले काम गर्ने एवं आफुले धेरै बजेट ल्याएर अर्घाखाँचीको विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

