हरि कुँवर , अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार कपिलवस्तुमा जाने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बुद्ध रंगशालामा खुला सभालाई सम्बोधन गर्ने भएका हुन ।
पार्टीको जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रमको लागि स्टेज, साउण्ड सिस्टम लायतको राम्रो प्रबन्ध गरिएको जिल्ला सभापति शिव सुवेदीले बताए । रविको साथमा पार्टी उपसभापति डिपी अर्याल, केन्द्रिय सदस्य अर्जुन अधिकारी लगायतका नेता सहभागि हुनेछन् ।
कार्यक्रममा लाखौंको उपस्थिति हुने आयोजकले जनाएको छ ।