डडेलधुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा पत्नीको हत्या अभियोगमा एक पुरुष पक्राउ परेका छन्। प्रहरीले ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार करनले बिहीबार राति हँसिया प्रयोग गरी आफ्नी ४० वर्षीया श्रीमती खिमा देवी भुलको हत्या गरेका थिए। घटनापछि फरार रहेका भुललाई सूचना प्राप्त भएपछि प्रहरी टोली खटाई पक्राउ गरिएको जनाइएको छ।
अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।