अर्घाखाँची । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहनुभएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–४, खन पातल कटेराका रामलाल सेजवाल विगत चार वर्षदेखि सम्पर्कविहीन भएका छन्।
उनकी दिदी कमला खड्काका अनुसार साउदी अरब पुगेपछि केही समय नियमित सम्पर्कमा रहे पनि पछिल्लो चार वर्षदेखि कुनै खबर प्राप्त भएको छैन। परिवारजन चिन्तित छन् र उनको अवस्थाबारे जानकारी प्राप्त गराउन सार्वजनिक अपिल गरेकी हुन् ।
दिदी कमला खड्काले भनेकी छन्:
“बुवा आमा हुनुहुन्न ,भाइको चिन्ता लागेको छ । भिनाजुले पनि चिन्ता लिनु भएको छ । हामी निकै चिन्तित छौं। यदि उहाँको बारेमा जानकारी भएका कोही हुनुहुन्छ भने कृपया सम्पर्कमा आउनुहोस्।”
सम्पर्क नम्बर: ९८४७३४३०५५ (कमला खड्का)