नेपाल राज्य संवाददाता
अर्घाखाँची– कांग्रेस केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसाल गौतमले सालझण्डी–ढोरपाटन सडकको रेखांकन आफ्ना स्व. पिता काँशिनाथ गौतमले गरेको बताइन । यो सडकलाई पुरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताइन ।
कांग्रेस पाणिनि गाउँपालिकाले तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान उपसभामुख भुसालले २०१५ सालमा मन्त्री भएका आफ्ना पिता काँशिनाथले रेखांकन गरेको ढोरपाटन सडकलाई २०६४ मा कांग्रेस नेतृत्वको सरकार भएको बेला तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले रातो किताबमा आफुले पहल गरेर पारेको बताइन ।
‘ढोरपाटन सडकमा बजेट शुरुमा अर्थमन्त्रीसँग गएर मैले पारेर काम शुरु भएको हो,’ उनले भनिन, ‘सडकमा अनेक राजनीति भएको छ ।’ महतले बजेट पारेर काम शुरुवात भएपछि निरन्तर बजेट परेर काम भैरहेको उनले बताइन । उनले सडकलाई तीन वर्षभित्र पिच गरेर सम्पन्न हुने बताइन ।