काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले आफ्ना सदस्यहरूको २०८२/०८३ सालको लागि सदस्यता नविकरण खुला गरेको छ। समूहले हालसम्मका सबै सदस्यहरूलाई आगामी वर्षको लागि सदस्यता नविकरण २०८२ साउन मसान्तभित्र अनिवार्य रूपमा गर्न अनुरोध गरेको छ।
समूहका अनुसार २०८०/८१ सम्मको सदस्यता असार मसान्तसँगै समाप्त हुने भएकाले साउन मसान्तभित्र नविकरण नगर्ने सदस्यहरुको सदस्यता स्वतः खारेज हुने जानकारी दिइएको छ।
त्यस्तै, फोटो पत्रकारितामा संलग्न योग्यता पुगेका व्यक्तिहरूका लागि नयाँ सदस्यता आवेदन खुला गरिएको छ। समूहको विधान २०५३ बमोजिमका मापदण्ड पुरा गर्ने फोटो पत्रकारहरूले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
नयाँ सदस्यता आवेदकले पेश गर्नुपर्ने कागजातहरू:
१. चालू वर्षको बाइलाइन फोटो समाचार ५ प्रति (अनलाइन वा पत्रिकामा प्रकाशित)
२. माध्यमिक शिक्षा उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि
३. आधिकारिक सञ्चार संस्थाको परिचय पत्रको प्रतिलिपि
४. नागरिकताको प्रतिलिपि
५. पासपोर्ट साइज फोटो १ प्रति
६. रगत समूह (ब्लड ग्रुप) जानकारी
सदस्यता शुल्क: नविकरण शुल्क रू. १ हजार, नयाँ सदस्यता शुल्क को लागि रू. १ हजार ५ रहेको जानकारी दिएको छ ।
नयाँ सदस्य बन्न इच्छुक पत्रकारहरूले समूहको वेबसाइट https://nfpj.org.np/become-a-member मा गई अनलाइन फारम भरि आवश्यक कागजात अपलोड गर्न सक्नेछन्।