काठमाडौँ । अर्थमन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा गरिसकेको छ। मन्त्रालयले गत मंसिरमा ४ अर्ब ९६ करोड र पुसमा १ अर्ब ७७ करोड गरी दुई चरणमा स्रोत सहमति दिएको हो।
निर्वाचनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको छ। जसमध्ये आयोगलाई करिब एकतिहाइ रकम निकासा भएको हो।
आगामी निर्वाचनका लागि सुरक्षातर्फ गृह मन्त्रालयले १७ अर्ब २१ करोड रूपैयाँ बजेट माग गरेको थियो। जसमध्ये १० अर्ब ३९ करोड रूपैयाँको स्वीकृति दिएको छ।
राष्ट्रिय अनुसन्धान विभागका लागि अर्थले १३ कात्तिकमा २ करोड ८० लाखको स्रोत सहमति अर्थले दिएको थियो। नेपाली सेनालाई उपकरण खरिदमा २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार बराबर स्रोत सहमति प्रदान गरिएको थियो।

