तनहुँ ।
तनहुँमा ग्यास बुलेट दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ।
तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा एचआर ५५ क्यू ४७११ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मुग्लिनबाट दमौली जाँदै गरेको बुलेट शनिबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा भारतको विहार पूर्वी चम्पारण बस्ने ३६ वर्षीय श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।