काठमाडौं ।
जति हेर्यो झनै हेरौं हेरौं लाग्ने
“लाहुरे टाँसेको” म्युजिक भिडियो दुई लाख भन्दा अधिकले हेरेका छन् ।
लोकप्रिय कलाकार विशाल रायमाझी र सलिना नेपालीको “लाहुरे टाँसेको” म्युजिक भिडियो बुधबार सम्म दुई लाख भन्दा अधिकले हेरेका हुन् ।
जति नजिक पुग्यो त्यति नै हेरिराखुँ लाग्ने कति राम्रो ठाउँ को नजिक सुपादेउराली मन्दिर हेर्दा कसको मन आनन्द नहोला र , रानीबनको नजिकै पन्चेबाजाहरुको आवाजले अधिकको मन लोभ्याएको हो । झनै हेरौं हेरौं लाग्ने म्युजिक भिडियो सामाजिक संजालमा उत्तिकै भाइरल बनेको छ । अर्घाखाँचीका कलाकार तथा स्थानीयहरुले सुपादेउरालीको प्रचारप्रसारमा कुनै कमि हुन दिएन्न ।
कलाकारहरुले कडा मेहनतका साथ वरिपरिका प्राकृतिक सौन्दर्यको आनन्द लिँदै सुटिङ गरेको हुनाले भिडियो अधिकले मनपराएका हुन् ।
सार्वजनिक गीतमा रायमाझीको शब्द संगीत रहेको छ भने उनलाई स्वरमा सलिना नेपालीले साथ दिएकी हुन् ।
गीतमा प्रदेश देखि आएको लाउरे सुपादेउरालीको कथा माया प्रेमलाई पन्जे बाजाको रुपमा चित्रर्ण गर्न खोजिएको छ । गायक रायमाझीले सम्पुर्ण दर्शक कलाकार लाई विशेष धन्यवाद दिदै थुप्रै म्युजिक कोसेली ल्याउने बताएका छन् ।
दर्शकहरु को मन जित्न सफल भएको पन्जे बाजा “लाहुरे टाँसेको” गीत बिश्वास नेपालले एरेन्ज गरेका हुनभने रेकडिङ राजु सुनामले गरेका हुन् । स्टुडियो ओजन मार्फत रेकर्डिङ गीतको अडियो मिक्सिङ बिनोद परियारले गरेका हुन् ।
कलाकार तथा मोडल एलिना रायमाझी, बिशाल रायमाझी,सलिना नेपाली, आर जे अनु र शुशान्त पछाइको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मेकप कबिन भाइको रहेको थियो ।
भिडियो :