अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान उत्साहपुर्वक सम्पन्न भएको छ। जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेकामा ८६ हजार ६ सय ६८ मत खसेको हो । जसमध्ये ४७ हजार ६ सय ८८ महिला र ३८ हजार ९ सय ८० पुरुष मतदाता रहेका छन्।
जिल्लाभर कुल ५०.४९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका हुन् ।
शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र मतपेटिका आउने क्रम जारी रहेको हुँदा भोलि बिहान ७ बजे सर्वदलीय बैठक पछि १० बजे मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ।

