घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको सम्पूर्ण उपभोक्ताहरुमा अनुरोध
- प्याक गरिएको खाद्य पदार्थ खरिद गर्नुअघि लेवल विवरण अध्ययन गरेर उपभोग्य अवधि भित्रको खाद्य पदार्थ मात्र खरिद तथा उपभोग गर्नुहुन
- उत्पादन मिति, उपयोग्य मिति नभएको वा केरमेट गरेको वा पुन लेवलिङ अथवा छपाई गरेको खाद्य पदार्थ खरिद नगर्नु हुन ।
- सडेगलेको बासी झिंगा भन्केको फोहोर वातावरणमा तयारी तथा भण्डारण गरिएको खाद्य पदार्थ खरिद र उपभोग नगर्नु हुन
- बहय रंगको प्रयोग गरी आकर्षण गरी बनाइएका मिठाई, लड्डु, मासु लगायतका खाद्य पदार्थ खरिद तथा उपभोग नगर्नु हुन
- दूध, माछा मासु, पनिर जस्ता छिटै बिग्रने प्रकृतिका खाद्य पदार्थ उत्पादन तथा भण्डारण देखि उपभोगसम्मको श्रृंखलामा सुरक्षित कोल्ड चेन कायम गरे नगरेको एकिन गरेर मात्र खरिद तथा उपभोग गर्नुहुन
- फलफुल तरकारी खरिद गरी तयारी वा उपभोग गर्नुअघि सफा पानीले राम्ररी धुनुहुन ।
- खाद्य पदार्थको गुणस्तर सम्बन्धमा शंका लागेमा खाद्य पदार्थ खरिद तथा उपभोग नगर्नुहुन र नजिकैको नियामक निकायमा सुचना दिनुहुन
- खाद्य एवं उपभोग्य वस्तु तथा सामाग्री सम्बन्धी कानूनहरुको सबैले पालना गरौं ।